|

काठमाडौं : युएईका जारी आइपिएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्सले टस जितेर ब्याटिङ रोजेको छ। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुँदैछ।

कोलकताले आज दुई खेलाडी परिवर्तन गरेको छ। उसले टम ब्यान्टन र कमलेश नागरकोटीलाई विश्राम दिँदै क्रिस ग्रीन र शिवम मावीलाई मौका दिएको छ।
मुम्बईले आज एक खेलाडी परिवर्तन गरेको छ। उसले जेम्स प्याटिन्सनलाई आराम दिँदै नाथनकुल्टर नाइनललाई प्लेइङ-११ मौका दिएको छ।

जारी सिजनमा मुम्बईले ७ म्याचमा पाँचमा जित र दुई खेलमा पराजय बेहोरेको छ। तालिकामा १० अंक जोड्दै मुम्बई दोस्रो स्थानमा छ। कोकताले सात खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ र ८ अंकका साथ चौथो स्थानमा छ।

हालसम्म आइपिएलमा कोलकता र मुम्बईबीच २७ पटक भेट भएको छ। जसमा मुम्बई २० खेलमा विजयी भएको छ। मुम्बईले हालसम्म चार र कोलकताले दुई पटक आइपिएल उपाधि जितेका छन्। 

मुम्बईको प्लेइङ-११

रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पांड्या, किरोन पोलार्ड, कुणाल पांड्या, ट्रेन्ट बोल्ट, नाथनकुल्टर नाइनल, राहुल चहार र जसप्रीत बुमराह।

​केकेआरको प्लेइङ-११​

शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक , आन्द्रे रसल, प्याट कमिन्स, क्रिस ग्रीन, शिवम मावी, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.