|

कठमाडौं : युएईमा जारी १३ औँ सिजनको आइपिएलको ३२ औँ खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई १ सय ४९ रनको सामान्य लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ रोजेको कोलकोताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनायो। उसका लागि प्याट कमिन्सले राम्रो ब्याटिङ गरे। उनले ३६ बलमा २ छक्का र ५ चौकासहित अविजित ५३ रन बनाए।

१७ ओभरको अन्तिम बलमा क्याच क्विन्टन डिककले छुटाउँदा कमिन्सले उत्कष्ट पारी खेले। यो ओभरमा जसप्रित बुमराहले बलिङ गरिरहेका थिए। यो अवस्थामा कमिन्स ३६ रनमा ब्याटिङ गरिरहेका थिए।

त्यस्तै, कप्तान इयोन मोर्गनले नटआउट २९ बलमा ३९, शुभमन गिलले २१, आन्द्रे रसेलले १२, नितीश राणाले ५, दिनेश कार्तिकले ४ र राहुल त्रिपाठीले ७ रनको योगदान दिए।

बलिङमा मुम्बईका राहुल चाहरले २, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र नाथनकुल्टन नाइलले एकएक विकेट लिए। कोलकोताले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ। उसले टम ब्यान्टन र कमलेश नागरकोटीलाई विश्राम दिँदै क्रीस ग्रीन र शिवम मावीलाई मौका दिएको छ।

ग्रीनको आज आइपिएलमा डेब्यू हो। अष्ट्रेलियन यी खेलाडी बलिङका साथै ब्याटिङ पनि गर्न सक्षम छन्। मुम्बईले आज एक खेलाडी परिवर्तन गरेको छ। उसले जेम्स प्याटिन्सनलाई आराम दिँदै नाथनकुल्टर नाइनललाई प्लेइङ९११ मौका दिएको छ।

जारी सिजनमा मुम्बईले ७ म्याचमा पाँचमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ। तालिकामा १० अंक जोड्दै मुम्बई दोस्रो स्थानमा छ। कोलकोताले सात खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ।

कोलकोता ८ अंकका साथ चौथो स्थानमा छ।कोलकोताले सात खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ। कोलकोता ८ अंकका साथ चौथो स्थानमा छ।

हालसम्म आइपिएलमा कोलकोता र मुम्बईबीच २७ पटक भेट भएको छ। जसमा मुम्बई २० खेलमा विजयी भएको छ। मुम्बईले हालसम्म चार र कोलकोताले दुई पटक आइपिएल उपाधि जितेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.