|

बैतडी : कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजीत गर्दै साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

मुम्बई छैटौं जीत निकालेर १२ अंकका साथ शीर्षस्थानमा उक्लिएको हो। कोलकाताले जीतका लागि दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो।

मुम्बईको जीतमा ओपनर क्विन्टन डी ककले  अविजित ७८ रन बनाए। कप्तान रोहित शर्माले ३५ रन जोडे। कोलकाता लागि शिवम माभी र बरुण चक्रवर्तीले एक-एक विकेट लिए।

शेख जायद स्टेडियम आबूधाबीमा टस जीतेर पहिला ब्याटिङ रोजेको कोलकाताले त्यसअघि २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनाएको थियो। उसका लागि प्याट कमिन्स ५३ तथा  कप्तान ओईन मोर्गन ३९ रनमा अविजित रहे।  मुम्बईका राहुल चहरले २ विकेट लिए। 

जीतसँगै मुम्बईले ८ खेलमा ६ मा जीत र २ मा हारसहित १२ अंक जोड्दै दिल्ली क्यापिटल्सलाई समेत नेट रनरेटले पछि पारी शीर्ष स्थानमा उक्लिएको हो। दिल्ली ८ खेलमा ६ मा जीत र २ मा हारसहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ।

बेंगलोर ८ खेलमा ५ मा जीत र ३ मा हार सहित तेस्रो स्थानमा छ। कोलकाता ८ खेलमा ४ मा जीत र ४ मा हारसहित चौथो स्थानमा छ। 

प्रतियोगिता अन्र्तगत शनिबार दुई खेल हुने भएका छन्। पहिलो खेलमा दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दा दोस्रो खेलमा राती पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.