|

काठमाडौं : धरानमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ। झापा शिवगढी-११ का ५६ वर्षीय र धरान उपमहानगरपालिका-१५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

शितगढीका ती संक्रमित धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए। उनमा दीर्घ रोग थियो र उनलाई २९ गते कोरोना पुष्टि भएको थियो। उनलाई ३० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको र राती पौने ८ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

त्यसैगरी, धरान उपमहानगरपालिका १५ का मृतकलाई दीर्घ रोग भएकाले प्रतिष्ठानमा उपचाररत थिए। उनमा २८ गते कोरोना पुष्टि भई २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। गएराती सवा सात बजे उनको मृत्यु भएको हो।

योसँगै प्रतिष्ठानमा अहिलेसम्म ६१ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.