|

गुल्मी : रेसुंगा नगरपालिका वडा नं १२, उर्लेनीकी ६५ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। 

उनको शुक्रबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए। 

ती महिलामा मुटु र फोक्सोमा पानी जम्ने समस्या रहको अर्यालले बताए। उनी केही दिन पहिले तम्घासको रेसुंगा हस्पिटलमा उपचारका लागि गएको र हस्पिटलले बुटवल रिफर गरेको थियो। 

बुटवलमा कुनै हस्पिटलले भर्ना नलिएको र अन्त्यमा लुम्बिनी प्रादेशिक हस्पिटलले कोरोना परीक्षण पश्चात भर्ना लिने भएपछि स्वाब दिइएको थियो। उनमा शुक्रबार नै कोरोना पोजेटिभ आएपछि कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो। उनको साँझ ६ः ३० बजे ज्यान गएको अर्यालले जानकारी दिए।

योसँगै गुल्मीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.