|

एजेन्सी : फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो। फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहानभूकम्प गएको जनाएको छ।

लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। 

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रासित भएर घरबाहिर निस्किएका थिए। 

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै परकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.