बागलुङ : नवरात्रको पहिलो दिन घटस्थापनाको दिन शनिबार बागलुङ कालिका भगवतीको मन्दिर सुनसान भएको छ।
कोभिड–१९ संक्रमणको त्रासले गृह मन्त्रालयको निर्देशन भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिरमा निशेधाज्ञा लगाएपछि घटस्थापनाको दिन बागलुङ कालिका मन्दिर सुनसान भएको हो।
कोरोना संक्रमण समुदायस्तरमा पुगेको भन्दै प्रशासनले शनिबारदेखि लागू हुने गरी दसैँको नवमीसम्म मठमन्दिरमा निशेधाज्ञा लगाएको छ।
घटस्थापनाका दिन विगतमा हजारौं दर्शनार्थीहरु मन्दिरमा आउने गरेका थिए। बडादशैं र चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा सयौं भक्तजन आउने गर्छन्। अघिल्लो वर्षको दशैंमा ६ लाख वटा नरिवल चढेको समितिले रेकर्ड राखेको थियो। ‘सबैले चढाएनन्, कोही दोहोरिएर आए होला, तर १५ दिनमा ६ लाख भक्तजन आएको अनुमान गरेका थियौं’ गुठि व्यवस्थापन समतिका अध्यक्ष राजु खड्काले भने, ‘भेटी व्यवस्थाबाट संरचना सुधार पनि गरिएको छ।’
मन्दिर आसपासमा झण्डै १० करोडको संरचना बनाइएको उनले बताए। अधिकांस लगानी भेटीबाटै भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।