|

काठमाडौं : बितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार ३१ सय ६७ संक्रमित थपिएका छन् भने १ हजार ८ सय जनाले कोरोना जितेका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ८९ हजार ५४०  पुगेको छ।

नेपालमा हाल ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ जार ३९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४३८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.