|

धनगढी : शनिबार कैलालीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त दृष्यले एउटा जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा कति सम्मको हर्कत गर्न सक्छन् भन्ने चरितार्थ गरेको छ। 

त्यो भिडियो हो, कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रमको। भिडियोको सुरुवातमा मेयर ममताप्रसाद चौधरीले शिलालेखबाट रातो पर्दा हटाउँदै भवन उद्घाटन गर्ने तयारी गर्छन्। मेयर चौधरीले शिलालेखबाट रातोपर्दा हटाउँदै गर्दा त्यही समय उपमेयर प्रेम कुमारी थापा नजिकै आउँछिन् र शिलालेखमा लगातार ढुंगा प्रहार गर्छिन्। 

एकाएक उपमेयरले शिलालेखमा ढुंगा प्रहार गर्दा सबैको ध्यान उतैतिर केन्द्रित हुन्छ। मेयरले उपमेयरको हात समातेर यस्तो नगर्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोशित हुन्छिन्। त्यही बेला उपमेयर थापाले उक्त शिलालेखमा थुक्छिन्। 

उनी आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाउन थाल्छिन्। मेयर मर्यादामा बस्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोशित हुँदै प्रस्तुत हुन्छिन्। उपमेयरलाई पछाडीबाट केही व्यक्तिहरुले अराजक गतिविधि गर्न सहयोग गरेको देखिन्छ। उपमेयरलाई शान्त हुन सुरक्षाकर्मीले पनि आग्रह गर्छन् तर उनी आग्रहलाई मान्ने पक्षमा देखिन्‍नन्।

उपमेयर थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मच्चाएकी हुन्। शिलालेखमा मेयरको नाम समावेश भएको तर आफ्नो नाम समावेश नभएको भन्दै शिलालेखमा ढुंगा प्रहार गरेकी हुन्।

उपमेयर थापाले आज तीन वडा कार्यालयहरुको भवन उद्घाटन गरेको र कुनै पनि वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेको कारण विरोध जनाएको बताइन्। 

भनिन्, ‘शिलालेखमा मेयर र वडाध्यक्षदेखि वडासदस्यसम्मको नाम राखिएको छ, तर आफू महिला भएकै कारण नाम राखेनन्, आफूलाई नराम्रो लाग्यो, त्यसैले विरोध गरेको हुँ।’

मेयरले आफ्नो इतिहास मेटाउन खोजेको र एकलौटी ढंगबाट काम गर्न खोजको उनले आरोप लगाइन्। यता मेयर ममताप्रसाद चौधरीले शिलालेखमा उपमेयरको नाम राख्न नमिल्ने भएको कारण नराखीएको बताए। उनले भने, ‘शिलालेखमा उद्घाट गर्नेको मात्रै नाम हुन्छ, जसले उद्घाटन ग¥यो, त्यसकै नाम हुने हो, वडाको सवालमा वडा समितिको निणर्य हुन्छ।’ ​

भिडियो : सामाजिक सञ्जालबाट

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.