|

एजेन्सी : इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको भिडन्तमा साविक विजेता लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। मर्सिसाइट डर्बीमा लिभरपुल यो सिजन राम्रो सुरुवात गरेको एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो। 

खेलको ९० औँ मिनेटमा रिचर्लिसोनले रातो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित एभर्टनले लिभरपुललाई बराबरीमा रोक्न सफल भएको हो। 

एभर्टनको घरेलु मैदानमा लिभरपुलले पहिलो र दोस्रो दुवै हाफमा अग्रता बनाएको थियो। तर दवै हाफको अग्रतालाई एभर्टनले तोड्दै अंक बाँड्न सफल भयो।

खेलको तेस्रो मिनेटमै साडियो मानेले गोल गरेपछि लिभरलले १-० को अग्रता बनाएको थियो। तर १९ औं मिनेटमा माइकल किनले गोल गरेपछि एभर्टनले खेललाई १-१ गोलको बराबरीमा ल्याउन सफल भए।

त्यसपछि दोस्रो हाफमा लिभरपुलले अग्रता बनायो। खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गरेपछि लिभरपुल २-१ ले अघि बढ्यो। तर खेलको ८१ औं मिनेटमा डोमिनिक लेविनले गोल गरेपछि एभर्टनले घरेलु मैदानमा हार टार्न सक्यो। 

खेल २-२ मा रहेको अवस्थामा ९० औं मिनेटमा रिचार्लिसनले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित भयो। एभर्टन १० खेलाडीमा सीमित भएपछि दबाब बढाएको लिभरपुलका लागि इन्जुरी समयमा जोर्डन हेन्डरसनले गोल गरे। तर भिडियो एसिस्टेन्स रेफ्रीले लिभरपुलका मानेलाई अफसाइड देखाइदिएर तयो गोलले मान्यता पाउन सकेन। 

लिभरपुललाई बराबरीमा रोकेको एभर्टनले ५ खेलबाट १३ अंक बनाएको छ। लिभरपुलले ५ खेलबाट १० अंक जोडेको छ। एभर्टनले चार खेलमा जित र एकमा बराबरी गरेको छ। तर लिभरपुल यसअघि एस्टनभिल्लासँग ७-२ गोलको लज्जास्पद हार भोग्न बाध्य भयो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.