|

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपिएल)मा  दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले परजित गरेको छ। चेन्नईलाई पराजित गर्दै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  ​

सारजहा रंगशालामा चेन्नईले दिएको १८० रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। दिल्लीका लागि शिखर धवनले आफ्नो पहिलो आइपिएल शतक प्रहार गरे। शिखरले ५८ बलमा १०१ रन बनाएका थिए। त्यस्तै अक्क्षर पटेलले अन्त्यमा ५ बल खेल्दै अविजित २१ रन बनाए। 

चेन्नईका बलर दिपक चहरले २ विकेट लिए भने सार्दुल ठाकुर, साम कुरान र डवाने ब्राभोले एक एक विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७९ रन बनाएको थियो।​

चेन्नईका लागि फाफ डुप्लेसिसले सर्बाधिक ५८ रन बनाए। त्यस्तै अम्बाती रायडूले अविजित २५ बलमा ४५ रन बनाए भने शेन वाटशनले ३६ रन बनाएका थिए। त्यसैगरी रविन्द्र जडेजाले अविजित १३ बलमा ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनी ३ रन र साम कुरान शुन्यमा आउट भएका थिए।

दिल्लीका बलर एनरीच नोर्त्जेले २ विकर लिए भने तुषार देशपाण्डे र कागीसो रबाडाले एक एक विकेट लिएका थिए। यो जितसँगै दिल्ली क्यापिटल्स ९ खेलमा ७ खेल जितेर १४ अंकसहित अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ।​

आइपिएल अन्तर्गत आइतबार दुई खेल हुदै छन्। आइतबार पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सवीच हुदै छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र किंग्स इलेभेन पञ्जाबबीच हुदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.