|

सल्यान : सल्यानमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्। 

जिल्लाको छत्रेश्वरी गाउँपालिकामा एक बोल्न नसक्ने महिलालाई सोही गाउँका ७० वर्षीय वृद्धले बलात्कार गरेको आरोपमा शनिवार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

शनिवार दिउँसो बलात्कार गरेको सूचना पाएपछि आरोपित वृद्ध पुरुषलाई घटना भएको केही घण्टाभित्रै निजकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए। 

वृद्धलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.