|

इलाम : कोरोना महामारीका कारण नेपालमा नै अड्किएका विदेशी खेलाडीलाई  एन्फा एकाडेमीको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

विभिन्न संस्थाले प्रदान गरेको तीन लाख ८ हजार ७८० रुपैयाँ नेपालमै रहेका २९ विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो। फुटबल खेल्न आएका विदेशी खेलाडी लकडाउन हुँदा नेपालमै अड्किएका र प्रतियोगितहरु नहुँदा उनीहरु आर्थिक समस्याबाट छन्।

समस्यामा रहेका विदेशी खेलाडीलाई अमेरिकामा बस्दै आएका पूर्वखेलाडी दिपकुमार राई र प्रलयराज भण्डारीको पहलमा अनलाइनमार्फत फन्ड उठाइएको थियो। उक्त रकम एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट शनिबार हस्तान्तरण गरिएको हो।
 
आर्थिक सहयोगको लागि अमेरिकामा न्युयोर्क गोर्खा टुर्नामेन्ट आयोजना गरिएको थियो। जसमा अमेरिकामा रहेको नेपालीहरुको आठवटा क्लबको सहभागिता रहेको थियो। कोभिड युनाइटेडले जितेको प्रतियोगिताबाट २ हजार ३१० अमेरिकी डलर संकलन भएको प्रलय राजभण्डारीले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.