|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  थप २९ सय  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३ सय २६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ९२ हजार १६६  पुगेको छ। कोरोना मुक्त हुनेहरूको दर ६९ प्रतिशत दशमलव ७ छ।

नेपालमा हाल ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २६ हजार ४०८ जना होम आइसोलेसनमा छन्। क्वारेन्टाइन ४ हजार ८ सय ३१ जना छन्।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

त्यस्तै, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले बताए। जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुमरमा १ सय ३० जना रहेका छन्। 

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ। हालसम्म नेपालमा कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको छ। 

आज देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन्। आइसियुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ। यस्तै, भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको पनि प्रवक्ता गौतमले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.