|

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार सनराइजर्स हैदराबाद र कोलकाता नाइटराइडर्सबीच भएको खेल निकै रोमाञ्चक रह्यो। जहाँ हैदराबाद सुपर ओभरमा पराजित भए पनि उसका कप्तान डेभिड वार्नरले एउटा नयाँ रेकर्ड आफ्नो नाममा कायम गर्न सफल रहे।

वार्नरले आइपिएलमा पाँच हजार रन पूरा गर्दै यो उपलब्धि हासिल गर्ने पहिलो विदेशी खेलाडी बने। तर, यसअघिनै भारतीय खेलाडीहरू विराट कोहली ५ हजार ७५९ रनसहित सर्वाधिक अघि रहँदा सुरेश रैनाले ५ हजार ३६८ रन बनाएका छन्। त्यस्तै, रोहित शर्माले ५ हजार १४९ रन बनाउँदै पाँच हजार रनको आँकडा पूरा गरेका छन्।

कम इनिङको रेकर्ड वार्नरको नाममा

वार्नरले पाँच हजार रनको आँकडा पूरा गर्दा एक नयाँ रेकर्ड आफ्नो नाममा पारे। जहाँ उनले सर्वाधिक कम इनिङमा पाँच हजार रनको आँकडा पूरा गरे। वार्नरले १३५ इनिङमा पाँच हजार रनको स्कोर पूरा गरेका थिए। उनीअघि विराट कोहलीले १५७ इनिङमा पाँच हजार रनको आँकडा पूरा गर्दा सुरेश रैनाले १७३ तथा रोहित शर्माले १८७ इनिङमा यो उपलब्धि हासिल गरेका थिए।

कोलकताविरुद्ध चौथो नम्बरमा ब्याटिङका लागि आएका वार्नरले ३३ बलमा ५ चौकाको सहारमा ४७ रनमा अविजित रहँदै टिमलाई सुपर ओभर सम्म पुर्याएका थिए। तर सुपर ओभरमा वार्नरको कुनै जोर चलेन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.