|

पर्वत : गण्डकी प्रदेशमा सोमबार बिहान थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ७८६ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जारी गरेको सोमबारको पहिलो विज्ञप्तिमा तीन जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट तनहुँको म्याग्दे गाउँपालिका–२ का एक, दुलेगौँडाका तीन, ब्यास नगरपालिका–११ का दुइर्, शुक्लागण्डकी नगरपालिका–७ का एक र स्थानीय तह नखुलेका दुई जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका–२ का एक र वडा नम्बर १३ का एक जनामा कोरोना पोजिटिभ देखिएको छ। यस्तै, कास्कीको पोखरा महानगरपालिका–३ का एक, वडा नम्बर १५ का तीन, वडा नम्बर १३ का तीन, वडा नम्बर १ का एक, वडा नम्बर १७ का एक, वडा नम्बर १० का तीन, वडा नम्बर १४ का दुई, वडा नम्बर २५ का दुई, वडा नम्बर ८ का एक, वडा नम्बर ९ का दुई, वडा नम्बर २९ का दुईजना र वडा नखुलेका तीनजनामा पनि संक्रमणको पुष्टि भएको छ।   

निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिमा तीन जिल्लाका सातजनामा संक्रमणको पुष्टि भएको उल्लेख छ। भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६ का का एक पुरुष, वडा नम्बर १३ की एक महिला र वडा नम्बर २ का दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, कावासोती नगरपालिका–८ की एक महिलामा पनि संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेज चितवनमा गरिएको स्वाब परीक्षणमा लमजुङको बेशीसहर नगरपालिका–७ की एक महिला र बाग्लुङको ताराखोला गाउँपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी निर्देशनालय जारी गरेको तेस्रो विज्ञप्तिमा तीन जिल्लका १४ जनामा कोरोना पोजिटिभ देखिएको उल्लेख छ। चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१० का एक, वडा नम्बर २ का एक, वडा नम्बर ४ का दुई,वडा नम्बर १४ का एक, वडा नम्बर ५ का एक, वडा नम्बर १५ का दुई, कावासोती नगरपालिका–१६ का दुई, वडा नम्बर २ का एक, देवचुली नगरपालिका–१६ का एक, तनहुँको भानु नगरपालिका–२ का एक र गोरखाको गोरखा नगरपालिका–१३ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.