काठमाडौं : धरानमा थप एक कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरी, इटहरी उपमहानगरपालिका १ का ७९ वर्षीय पुरुषको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो।
मृतकलाई असोज १८ गते कोरोना पुष्टि भएको थियो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह- प्रवक्ता आशिष श्रेष्ठका अनुसार रक्तअल्पता र अन्य दीर्घ रोगसमेत भोगिरहेका ती पुरुष प्रतिष्ठानमा उपचारत थिए।
प्रतिष्ठानमा कोभिड पुष्टि भई मृत्यु हुनेको संख्या ६३ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।