|

आर्मेनिया र अजरबैजानबी नागोर्नो काराबाख क्षेत्रमा भइरहेको युद्धमा ६७३ आर्मेनियाली  सैनिकको ज्यान गएको छ। अजरबैजानले भने आफ्नातर्फ भएको हताहतिको विवरण खुलाएको छैन। नागार्नो काराबाख क्षेत्रलाई लिएर यी दुई देशबीच २२ दिनदेखि युद्ध भइरहेको छ। 

पछिल्लोपटक शनिबार अजरबैजानले मिसाइल हमला गर्दा आर्मेनियाका कम्तिमा १३ जनाको ज्यान गएको थियो। स्थानीय समयअनुसार शनिबार मध्याह्नदेखि युद्धविराम लागू गर्न खोजिएको थियो। यी दुवै देश नागोर्नो काराबाख क्षेत्रमा युद्धविरामका लागि राजी भएका थिए। 

यसअघि गत साता पनि रुसको मध्यस्थतामा यी दुई देशले युद्धविराम गर्ने निर्णय लिएका थिए। तर भोलिपल्टै युद्ध पुनः छेडिएको थियो। पछिल्लो पटक पनि युद्धविराम घोषणा भएको, तर सम्झौता उल्लंघन गरी दुवै देशका सेना झडपमा उत्रिएको बताइएको छ। 

सेप्टेम्बर २७ तारिखदेखि शुरू भएको युद्धका क्रममा अहिलेसम्म सयौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ। हजारौं मानिसहरु विवादित नागोर्नो काराबाख क्षेत्रबाट विस्थापित भएका छन्। 

नागोर्नो काराबाख क्षेत्र अजरबैजानको आधिकारिक भूमि हो। तर सन् १९९४ मा अन्त्य भएको युद्धपछि यस क्षेत्रमा आर्मेनियाले कब्जा गरेको थियो।

सन् १९८० को अन्त्यदेखि सन् १९९० को शुरूसम्म यस क्षेत्रको स्वामित्वलाई लिएर आर्मेनिया र अजरबैजानबीच युद्ध भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.