|

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेर एक युवाको मृत्यु भएको छ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको गाैशाला प्रहरीले जनाएकाे छ। 

‘आज बिहानको घटना हो। उनी आज विहान ८ बजेर ४५ मिनेटमा अस्पतालको तेस्रो तलाबाट हाम फालेकाे र ९ बजेर २० मिनेटमा मृत्यु भयाे,’ महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले भने।

घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन्। सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए।

उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको गौशाला प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.