पर्वत : जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने १२ वटा सुझाव प्रस्तुत गरेका छन्।
कोरोना नियन्त्रणको सन्दर्भमा सामाजिक सञ्जाल मार्फत रचनात्मक सुझाव प्रस्तुत गर्दै आएका उनले फेसबुकमार्फत फेरि पनि सरकारका लागि सुझावहरू प्रस्तुत गरेका हुन्।
स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो भन्दै डा पाण्डेले दिएका सुझाव
१ सरकारी अस्पतालमा परीक्षण तथा उपचार पुरै निःशुल्क हुनेछन्।
२ निजी अस्पतालले सरकारले तोकेको भन्दा बढी उपचार शुल्क लिन पाउने छैन।
३ होम आइसोलेसनमा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था राज्यले दिने छैन। अपवाद स्वरूप मृत्यु भएमा सरकारले शव व्यवस्थापन गर्नेछ।
४ यी मेडिकल कलेजहरू, यी ठुला निजी अस्पतालहरू र यी ठुला सरकारी अस्पतालहरूलाई कोभिड डेडिकेटेड अस्पतालको रूपमा परिणत गरिएको छ।
५ यी साना अस्पतालाई नन कोभिड अस्पतालको रूपमा परिणत गरिएको छ।
६ निजी अस्पतालको २० प्रतिशत सिट न्यून आय भएका व्यक्तिलाई निःशुल्क उपचार गर्न छुटाइएको छ।
७ पिसिआर टेस्टको शुल्क एक हजार कायम गरिएको छ।
८ सरकारले पिसिआर, पुल मेथड, सिधा पिसिआर, एन्टिजेन कीट, एन्टीबडी टेस्ट, चेस्ट एक्सरे, सिटी स्क्यान लगायत सबै मेथड अपनाएर परीक्षणको दायरा व्यापक बनाइनेछ। सङ्क्रमितलाई होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा कडा लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा राखेर कोरोना सङ्क्रमण समुदायमा सर्न दिइने छैन।
९ न्यून आय भएका वर्गलाई मास्क, साबुन तथा ठोस राहत स्थानीय निकायमार्फत उपलब्ध गराइने छ। व्यवसायीलाई कर तथा लोनमा सहुलियत दिइने छ।
१० हरेक बस्ती, टोल, गल्ली, चोक, तरकारी बजार, बस लगायत भिडभाड हुने ठाउँमा सबै प्रकारका सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा कार्यान्वयन गराइने छ।
११ अनियमितताको आरोप लागेका व्यक्तिहरूलाई छानबिन गरेर असुलउपर गरिनेछ।
१२ व्यापक रूपमा नागरिक परिचालन गरेर जनचेतना महाअभियान सञ्चालन गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।