|

काठमाडौं : १३औँ सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट यूएईमा जारी छ। आइपिएलको इतिहासको सबैभन्दा रोमाञ्चक खेल आइतबार मुम्बई इन्डियन्स र किंग्स इलावेन पञ्जाबबीच भयो।

यस खेलमा एक होइन, दुई सुपर ओभर खेलिएको थियो। मुम्बईले पहिले ब्याटिङ गरेको मुम्बइले १७६ रन बनाएको थियो। पञ्जाबले निर्धारित २० ओभरमा केएल राहुलको ७७ रनको सहयोगमा १७६ रन नै बनाउन सफल भयो। र, खेल बराबरी भयो। 

त्यसपछि पञ्जाबले सुपर ओभरमा ५ रन बनायो। पञ्जाबले दिएको ६ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँच रन मात्रै बनायो। रन बराबरी भएपछि फेरि म्याच ‘सुपर ओभर’मा धकेलियो।

दोस्रो ‘सुपर ओभर’मा मुम्बईले १२ रनको लक्ष्य दियो। सो लक्ष्य पञ्जाबले सो लक्ष्य ४ बलमै पूरा गर्दै अन्ततः जित हासिल गर्न सफल भयो। तेस्रो ‘सुपर ओभर’मा ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। उनको बलमा क्रिस गेलले ७ र मयंक अग्रवालले ८ रन बनाए। उक्त खेलमा कूल १० रेकर्ड बनेका छन्। ती रेकर्डहरूको बारेमा चर्चा गर्दैछौँ

दुबईमा मुम्बईको पाँचौं हार

२०१४ मा बेंग्लोरसँग ७ विकेटको हार 

२०१४ मा चेन्नईसँग ७ विकेटको हार 

२०१४ मा हैदराबादसँग १५ रनले पराजित 

२०२० मा बेंग्लोरबीसँग सुपर ओभरमा हार

२०२० मा पञ्जाबसँग सुपर ओभरमा हार

मुम्बई इन्डियन्सलाई सबैभन्दा बढी पटक हराउने टोली

किंग्स इलावेन पञ्जाब १२

दिल्ली क्यापिटल्स १२

चेन्नई सुपर किंग्स १२

राजस्थान रोयल्स १०

रोयल च्यालेन्जर्स बैंग्लोर १०

३ सुपर ओभर जित्ने पहिलो टिम बन्यो पञ्जाब

चेन्नई सुपर किंग्सविरुद्ध सुपर ओभरमा जित

राजस्थान रोयल्सविरुद्ध सुपर ओभरमा जित

मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा जित

आइपिएल सुपर ओभरमा दुई विकेट लिने बलर

रस्टी थरन

रवि रामपाल

जेम्स फल्कनर

कागिसो रबाडा

लकी फर्ग्युसन

जसप्रीत बुमराह 

आइपिएलमा लगातार ५ सय बढी रन बनाउने भारतीय खेलाडी

सचिन तन्दुलकर (२०१०, २०११)

सुरेश रैना (२०१३, २०१४)

विराट कोहली (२०१५, २०१६)

केएल राहुल (२०१८, २०१९, २०२०)

आइपिएलमा तीन वा सोभन्दा बढी सिजनमा लगातार ५ सय रन बनाउने खेलाडीहरू

डेभिड वार्नर ५ सिजन (२०१४, १५, १६, १७, १९)

क्रिस गेल ३ सिजन (२०११, १२,१३)

केएल राहुल ३ सिजन (२०१८ २०१९, २०२०)

आइपिएल २०२० मा सर्वाधिक अर्धशतक बनाउने क्रिकेटर

केएल राहुल राहुल– ५ अर्धशतक

फाफ डु प्लेसिस– ४ अर्धशतक

एबी डिभिलियर्स– ४ अर्धशतक

क्विन्टन डिकक– ४ अर्धशतक

मयंक अग्रवाललाई आइपिएलमा सबैभन्दा बढी पटक आउट गर्ने बलर

जसप्रित बुमराह १० बलमा ३ पटक

रवीचन्द्र अश्विन २७ बलमा ३ पटक

युजवेन्द्र चहल २७ बलमा ३ पटक

सन्दीप शर्मा ३९ बलमा ३ पटक

आइपिएल २०२० मा खेलिए सबैभन्दा बढी ४ सुपर ओभर

दिल्ली क्यापिटल्सविरुद्ध किंग्स इलावेन पञ्जाब

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध मुम्बई इन्डियन्स

सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स

मुम्बई इन्डियन्सविरुद्ध किंग्स इलावेन पञ्जाब

टी–२० मा पाँच पटक एकैदिन दुई सुपर ओभर खेल

१८ फेब्रुअरी २००९ दक्षिण अफ्रिका घरेलु टी–२०

२७ अगस्ट २०११ टी–२० ब्लास्ट

२७ फेब्रुअरी २०१८ श्रीलंका घरेलु टी–२०

१५ सेप्टेम्बर २०१९ दक्षिण अफ्रिका प्रान्तीय टी–२०

१८ अक्टुबर २०२० आइपिएल २०२०
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.