|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  थप ३७ सय ९०  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३ सय ३५ सय संक्रमित कोरोनामुक्त भएका छन्।

नेपालमा हाल ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन्। भने बाँकी २६ हजार ९२७ जना होम आइसोलेसनमा छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ४४ सय ७० छ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए। हालसम्म कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.