|

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्‍न अस्पताल र होम आइसोलेसनमा थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्।

योसँगै मृत्यु हुनेको संख्या ७ सय ५७ जना पुगेको छ। सोमबार देशभर  थप ३७ सय ९०  जनामा कोरोना पुष्टि भएको छ।  प्रवक्ता प्रा.डा. गौतमका अनुसार आज देशभर २३ सय ३५ सय संक्रमित कोरोनामुक्त भएका छन्।

नेपालमा हाल ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन्। बाँकी २६ हजार ९२७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ४४ सय ७० छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.