काठमाडौं : पछिल्लो विवरणअनुसार देशभर थप २३ सय ३५ जना कोरोना भाइरसका संक्रमितहरू निको भएका छन्। योसँगै हालसम्म ९४ हजार ५०१ जना संक्रमण मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर सक्रिय संक्रमित ४० हजार ७७८ जना पुगेको बताएको हो।
यस्तै मन्त्रालयको पछिल्लो विवरण अनुसार २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ
तपाईंको ईमेल गोप्य राखिनेछ ।