|

काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकामा थप दुई संक्रमित पुरुषको मृत्यु भएको छ। उपमहानगर-३ का ७२ आज दिउँसो पौने २ बजे र १७ का ६८ वर्षीय पुरुषको साढे ३ बजे मृत्यु भएको हो।

संक्रमित पुरुष बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलेदेखि उपचाररत थिए। मृतकलाई २९ गते कोरोना पुष्टि भएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा आज भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता आशीष श्रेष्ठले जानकारी दिए।

त्यसैगरी, ६८ वर्षीय पुरुष पनि उच्च रक्तचाप भएकोले प्रतिष्ठानमा उपचाररत थिए। २८ गते कोरोना भई भएको र आजै कोभिड अस्पतालमा भर्ना गरिएको थियो। सँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.