|

पर्वत : गण्डकी प्रदेशमा सोमबार दुई सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिनभर जारी गरेका ११ वटा विज्ञप्तिमध्ये नौ वटा विज्ञप्तिमा उनीहरूमा सङ्क्रमणको पुष्टि गरिएको छ।

पहिलो विज्ञप्तिमा तनहुँको म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिका र स्थानीय तह नखुलेका गरी नौ जनामा, बागलुङको बागलुङ नगरपालिकाका दुई जनामा, कास्कीको पोखरा महानगरपालिकाका २४ जनामा सङ्क्रमणको पुष्टि गरिएको थियो।

दोस्रो विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली र कावासोती नगरपालिकाका पाँच जना, लमजुङको बेशीसहर नगरपालिकाका एक जना र बागलुङको ताराखोला गाउँपालिकाका एक जना थपिएका छन्।

यस्तै तेस्रो विज्ञप्तिअनुसार तीन जिल्लाका १४ जनामा सङ्क्रमण पुष्टि भएको छ। उनीहरू नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र देबचुली नगरपालिकाका १२ जना, तनहुँ भानु नगरपालिकाका एक जना र गोरखाको गोरखा नगरपालिकाका एक जना छन्।

सोमबारको चौथो विज्ञप्तिअनुसार कास्कीको पोखरा महानगरपालिकास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत एक जना स्वास्थ्यकर्मी र स्याङ्जाको भीरकोट गाउँपालिकाका १० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

पाँचौँ विज्ञप्तिमा तनहुँ भिमाद नगरपालिकाका ६ जनामा, आबुखैरेनी गाउँपालिकाका तीन जनामा, पर्वतको मोदी गाउँपालिकाका दुई जनामा, लमजुङको सुन्दरबजार नगरपालिकाका दुई जनामा र कास्कीको पोखरा महानगरपालिकास्थित फेवासिटी अस्पतालमा कार्यरत दुई जना, मेडिप्लस अस्पतालमा कार्यरत तीन जना तथा मादी गाउँपालिकाका चार जना गरी १९ जनामा सङ्क्रमण पुष्टि गरिएको छ। 

आठौँ विज्ञप्तिअनुसार कास्कीको पोखरा महानगरपालिकाका मात्रै ७१ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू वडा नं २, ४, ५, ५, ७, ८, ९, १०, १४, १७, १९, २०, २९, ३० र ३३ का व्यक्तिहरू छन्।

नवौँ विज्ञप्तिमा तनहुँको ब्यास नगरपालिका र भिमाद नगरपालिकाका १८ जना तथा लमजुङको सुन्दरबजार नगरपालिकाका दुई जनामा सङ्क्रमण रहेको जानकारी दिइएको छ।

यस्तै दशौँ विज्ञप्तिमा बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका २० जनामा तथा ११ औं विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका २७ जनामा, स्याङ्जाको आँधिखोला गाउँपालिका, फेदीखोला गाउँपालिका, भीरकोट गाउँपालिका र वालिङ नगरपालिकाका चार जना र तनहुँ शुक्लागण्डकी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.