|

कञ्चनपुर : ड्युटीमा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको उच्च सम्मानका साथ आज सोमबार अन्त्येष्टि गरिएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी असई विक ड्युटी निभाउन दशगजा क्षेत्र पुगेका बेला अज्ञात समूहले दशगजामै घाटी रेटेर हत्या गरको थियो। 

आज उच्च सम्मानका साथ कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित दोदा नदीमा अन्त्येष्टि गरिएको हो। 
 
विकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले प्रहरीको झण्डा ओढाएका थिए। प्रहरीले अन्त्येष्टिमा शोक सलामीसमेत दिएको थियो।
 
आइतवार घाँटी रेटिएको अवस्थामा प्रहरी सहायक निरीक्षक विकको शव फेला परेको थियो। 

प्रहरीले हत्या अनुसन्धान क्रममा ११ जनालाई नियन्त्रणमा लिएको छ। विकसँगै गस्तीमा गएका प्रहरी जवान रामसिंह साउदको अवस्थामा भने अझै अज्ञात छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.