|

इलाम : गायक रोशन गुरुङको पहलमा मृगौला सम्बन्धी रोगबाट ग्रसित माईजोगमाई गाउँपालिका–२ का लोकबहादुर थामीको लागि संकलित रकम हस्तान्तरण गरिएको छ।

अमेरिकामा रहेका गुरुङको पहलमा थामीको उपचारको लागि संकलन भएको १ लाख १८ हजार ३ सय ४३ रुपैया माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बुबा जगतबहादुर र काका टेकमान थामीलाई हस्तान्तरण गरेका हुन्।

थामीको उपचारको लागि गायक जगदिश समालले समेत सहयोग गरेका छन्। गुरुङले अमेरिकामा रहेका १२ जना इलामेलीहरुबाट सहयोग रकम संकलन गरेका हुन्।

घारेगाउँका ३९ वर्षीय थामीले उपचारको लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका थिए। उपचारमा आर्थिक अभाव भएपछि उनलाई घरमा नै  ल्याएर राखिएको थियो।  उपचारका क्रममा ३ लाख रुपैया भन्दा बढि खर्च भएपछि अहिले उनका बाबु जगतबहादुर थामीले सहयोगको अपिल गरेका छन्।

‘घरमा भएको जिन्सी र सरसापटबाट सामान्य उपचार गरे। योभन्दा माथि गर्ने मेरो क्षमता छैन,’ जगतबहादुरले भने, ‘घरव्यवहार नै चलाउन धौधौ छ थप उपचार खर्च कहाँबाट ल्याऊँ। सहयोगी दाताहरुको आश छ।’

डायलासिस र मिर्गौला प्रत्यारोपणका लागि लोकबहादुरको उपचारमा १५ लाख रुपैयाँभन्दा बढी लाग्ने भएको छ। लोकबहादुरलाई सहयोग गर्न चाहनेहरुले कुषि विकास बैक लिमिटेडको खाता नम्बर ०६०१०००७१५११००१३ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ। गायक गुरुङ माईजोगमाई गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.