|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ। केही विद्यालयहरूले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीले कक्षा ११ मा नयाँ स्वीकृत पाठ्यक्रम अनुसार पढाउन र सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्न सबै विद्यालयलाई निर्देश गरिएको जानकारी दिए।

उनले भने, ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शैक्षिक वर्ष २०७७ देखि नेपालका सबै विद्यालयहरूमा कक्षा ११ को नयाँ पाठ्यक्रम लागु गरिएको छ। तर, पनि कतिपय विद्यालयले पुरानै पाठ्यक्रम पढाउने गरेको गुनासो आउन थालेको छ।’

त्यस्तै, आगामी शैक्षिक सत्रदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम अनुसार नै पठनपाठन तथा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन हुने भएकाले सबै विद्यार्थी तथा अभिभावकहरूलाई नयाँ पाठ्यक्रम अनुसार पढाई भएको वा नभएको यकिन गरेर मात्रै विद्यालयमा भर्ना गर्न मन्त्रालयले अनुरोध गरेको छ।

उपसचिव गिरीका अनुसार कक्षा ११ को पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्नको लागि भने सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.