|

काठमाडाैं : 'वैकल्पिक शक्ति'का रुपमा उदाएका विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ।

मंगलबार साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय र केन्द्रीय समितिमा उक्त प्रतिवेदन पेस गरेका छन्। 

राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएका वार्ताका निष्कर्ष ‘संयुक्त प्रतिवेदन’ २०७७ असोज २९ गते साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो। 

दुवै दलले आज निकालेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ - सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ।'

'विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए।' विज्ञप्तिमा उललेख गरिएको छ। 

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र संघीय समितिमा छलफल र अनुमोदन गर्दै आआफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.