रेशम चाैधरीको रिहाइका लागि आन्दोलन पनि गर्ने

|

काठमाडाैं : जनता समाजवादी पार्टी नेपालले डा। बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ।

सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो। बैठकपछि बुधबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको जानकारी दिए।

यस्तै बैठकले संघीय परिषदसँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ। त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदलसमेत बनाएको श्रेष्ठले जानकारी दिए।

त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीन भएको भन्दै विरोधसमेत गरेको छ। यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनै पनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्तासमेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.