|

भद्रपुर : कोरोना भाइरसबाट झापाको भद्रपुरमा एक पुरुषको मंगलबार मृत्यु भएको छ।

भद्रपुर नगरपालिका-५ मेचीकिनार बस्ने अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको मेची प्रादेशिक अस्पताल भद्रपुर डा पीताम्बर ठाकुरले जानकारी दिए। मेची अस्पताल भद्रपुरको कोभिड उपचार केन्द्रमा मंगलबार साढे ४ बजे ती पुरुषको मृत्यु भएको हो।

ब्लड सुगर तथा प्रेसरबाट ग्रसित उनलाई केही दिनअघि कोरोना भाइरस पुष्टि भएको थियो। उनलाई त्यसपछि उपचारका लागि अस्पताल लगिएको थियो। कोभिड उपचार केन्द्रमै रोगले छट्पटिएका उनलाई समयमै चिकित्सकले उपचार सेवा नदिँदा ज्यान गएको उपचार केन्द्रमै उनीसँग बसेका अन्य संक्रमितले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.