|

काठमाडौं : धरानमा थप एक कोभिड संक्रमितको पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-१६ का ९० वर्षीय पुरुषको आज ४ बजे मृत्यु भएको हो।

उनलाई ३० कोरोना पुष्टि भएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा १ गते उनलाई भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता आशीष श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक प्रतिष्ठानमा उपचाररत थिए। दीर्घ रोग उच्च रक्तचाप र मधुमेह थियो।

योसँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.