|

काठमाडौं :  गायक आशीष सचिन नेपाली गीत-संगीतको क्षेत्रमा नयाँ नाम होइन। आशीषको स्वर रहेको गीतहरुले युट्युबमा करोडाैं दर्शक पाइसकेका छन्। आशीषको 'पिरिम नलाउने', 'एक कान दुई कान मैदान', 'गलबन्दी-पछ्याैरी'लगायत गीतले दर्शक-श्रोताको मन जितिसकेका छन्।

यस्तैमा मंगलबार सचिनको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'पानी बादलु' बोलको गीतमा आशीषसँगै रेश्मा पुनले स्वर दिएकी छन्। डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन्।

सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिन आफैँ फिचर भएका छन्। उनीसँगै भिडियोमा एलिसा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोमा पवन खतिवडा 'म्याकुरी' र खड्गबहादुर पुन 'खबपु'को पनि अभिनय छ।

गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन्। भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.