सल्यान : बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।
कालीमाटी गाउँपालिका–२ का २९ वर्षीय नारायणप्रसाद कँडेललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनी २०६५ चैतमा ६ वर्षीया बलात्कार गरी फरार रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए।
सर्वोच्च अदालतले २०७४ चैत ६ मा कँडेललाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो। दशैंमा अदालत बन्द हुँदा कानुन बमोजिम जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सूचना अधिकारी ओलीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।