|

बारा : निजगढ नगरपालिका–६ मा एक भान्सासहितको गोठमा लागलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ। 

करेन्ट सर्ट भएर भीमसेन तिमल्सिनाको गोठमा आगलागी हुदाँ काठपात, अन्नपात र भान्साका भाडाकुडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगो स्थानीयवासी, निजगढ नगरपालिकाको दमकल र प्रहरीको मद्दतमा दुई घण्टापछि नियन्त्रणमा आएको छ। समयमै नियन्त्रणमा लिईएको आगो अन्यत्र फैलन नपाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.