|

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै उसले सम्पुर्ण नागरिकको कोरोनाको निःशुल्क परीक्षण  र उपचारको व्यवस्था गर्न माग गरेको छ।

स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य सरकारको अत्यन्तै निकृष्ट र अमानवीय ब्यवहार भएको जनाएको छ। ‘सरकार उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ। सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्।’ विज्ञप्तिमा भनिएको छ। 

राज्य सरकार र सम्बन्धितनिकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धनकुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको विप्लप नेकपाको आरोप छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.