|

कास्की : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आइसियुमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.