उदयपुर : त्रियुगा नगरपालिका–६ की कल्पना भट्टको दुवै मिर्गौला खराब भएकाले उनलाई बचाउनको लागि परिवारजनले सहयोगको याचना गरेका छन्।
भट्टको मिर्गौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना गर्नुपरेको पीडितका श्रीमान् विनोदकुमार भट्टले बताए। वृद्ध बुबाआमा, श्रीमान र स–साना बालबालिका मात्रै भएको परिवारमा श्रीमती नै बिरामी परेपछि आर्थिक अभावले उपचारमै समस्या परेको उनले बताए।
सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको भट्ट परिवारको आर्थिक अवस्था नाजुक छ। कल्पनाका श्रीमान विनोद भन्छन्, ‘अहिले हामीलाई खानलाउन नै समस्या भइरहेको छ, यस्तो अवस्थामा बिरामीको उपचार कसरी गराउने भन्ने सकसले अत्यास बढाएको छ।’
उनले उपचार खर्च जुटाइदिएर श्रीमती बचाइदिन परोपकारीहरूलाई अनुरोध गरेका छन्।
९ महिनादेखि उनले कहिले विराटनगरको नोवेल अस्पताल, गोल्डेन अस्पतालमा उपचार गराइ सकेरहेका छन्। अहिले शिक्षण अस्पताल काठमाडौंमा लग्ने तयारी गरेका भट्टले आर्थिक अभावका कारण घरैमा राख्न बाध्य भएको बताए। अस्पतालले उनको दुवै मिर्गौला फेल भएको जनाएको छ।
पैसा जम्मा भए काठमाडौं लगेर मिर्गौला प्रत्यारोपण गरी आफ्नो श्रीमतीलाई बचाउन सकिने उनले बताए।
नाता, इष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पुर्याएर उपचार गरिरहेको छिमेकी प्रवेश खड्काले बताए। श्रीमती बिरामी भएको ९ महिना भएको र यस अवधिका गि ८–९ लाख रुपैयाँ खर्च गरि सकेको कल्पनाका श्रीमान विनोदले बताए। मिर्गौला प्रत्यारोपणका लागि निकै खर्च लाग्ने भएपछि, आफूसँग रकम जम्मा गर्ने क्षमता नभएकाले सहयोग माग्नुको विकल्प नभएको जानकारी गराएका छन्।
सहयोगी हातहरूका लागि उनले सानिमा बैंक गाईघाट शाखामा विनोद भट्टको नाममा खोलिएको खाता नम्बर ०४६०११०५०००११६५ मा रकम जम्मा गरेर सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।