|

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले दशैं खर्च र दुई महिनाको तलब 'कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष'मा जम्मा गर्ने भएकी छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गर्ने घोषणा गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले पनि दशैं भत्ताबापतको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। त्यस्तै प्रदेश सरकारका प्रतिनिधिले पनि दशैं खर्च नलिने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.