|

कञ्चनपुर : भीमदत्त नगरपालिकाले वडा नं ४ महेन्द्रनगर बजारमा नगरस्तरीय पुस्तकालयका लागि आधुनिक शैलीको भवन निर्माण गर्ने भएको छ। भवन निर्माणका लागि डिजाइन स्टीमेटको कार्य गरिएको छ।

 पुस्तकालय भवन निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइन लागेको छ। चालु आवमा पुस्तकालय भवन निर्माणका लागि नगर सभाबाट रु ५० लाख बजेट विनियोजन गरेको छ। सरकारी लगानीमा पहिलो पटक पुस्तकालय भवन निर्माण गरिन लागेको हो।

 नगरबासीसँग चुनावका बेला नगर प्रमुख सुरेन्द्र विष्टले गरेको प्रतिबद्धताअनुसार पुस्तकालय भवन निर्माणको कार्य भइरहेको नगर प्रमुख विष्टका स्वकीय सचिव नरेन्द्र कार्कीले बताए।

 पुस्तकालय भवन, सभा हल, शौचालय, वाचनालयलगायत भवनमा निर्माण गरिनेछन्।  पाठकका लागि आवश्यक सबै पुस्तकहरु पुस्तकालयमा उपलब्‍ध हुनेछन्। धेरै पाठकले एकैसाथ बसेर पुस्तकालयमा पुस्तक पढ्न सक्ने गरी व्यवस्था गरिनेछ। ई पुस्तकालयको व्यवस्थासमेत सो भवनमा हुनेछ।

सुदूरपश्चिम प्रदेशमा पहिलो आधुनिक शैलीको पुस्तकालय भवन निर्माण हुने बताईएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.