|

काठमाडौं : भारतीय गुप्तचर संस्था 'रअ' प्रमुख सामन्तकुमार गोयल काठमाडौं आइपुगेका छन्। 'रअ'का प्रमुख गोयल चार्टर्ड विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

चार्टर्ड विमानमा बुधबार दिउँसो काठमाडौं उत्रिएका उनी आजै राति ९ बजे नै नयाँदिल्ली फर्किने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।

नेपालसँग चर्किएको सीमा विवादपछिको तनाव र कोरोना संकटका कारण रोकिएको भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण अगाडि गोयल नेपाल आएका हुन्। सैनिक जनसम्पर्क निर्देशनालयले जनरल नरावणे यही कात्तिक १८ गते नेपाल भ्रमणमा आउने बताइसकेको छ।

कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्ष जनरल नरावणेको नेपाल भ्रमण यही कात्तिक १८ मा हुने भएको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यस विषयमा नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ माघ २० मै आवश्यक निर्णय गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.