|

काठमाडौं :  गत वर्षहरुमा तिहार पछाडि धान काटेर बाली भित्र्याउने किसानहरूलाई यो वर्ष दशैं अगाडि नै धान सुकाएर बाली भित्र्याउने चटारो परेको छ। मलमासका कारण यो वर्ष दशै‌ं केही पछाडि भएकोले पनि किसान दशैँकै मुखैमा वर्षभरिलाई पुग्ने अन्न जोहो गर्न लागेका हुन्।  

गएका वर्षहरूमा तिहारपछाडि मात्र धान काट्ने किसानहरू यस वर्ष दशैंको नआउँदै धान काटेर भक्तपुर नगरका विभिन्न ठाउँहरूमा किसान धान सुकाउन व्यस्त छन्।

भक्तपुर नगरका नपुखु क्षेत्र, इन्द्रायणी पिठ, खौमा, ल्योसिख्यो, मीभसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको दिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटाहरूमा किसानहरू धान सुकाउन मै व्यस्त छन्। 

यो वर्ष पर्याप्त पानी परेर जेष्ठ महिनामै रोपाई सुरु भएकोले केहि समय अगाडि नै धान पाकेको हो।  यहाँका किसानले विभिन्न हाइब्रिड, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान लगाउँदै आएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.