रैना फर्किनु ठूलो क्षति

|

युएई : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सर्वाधिक सफल टिम हो। यसअघिका १२ सँस्करणमा ८ पटक फाइनल खेलेको चेन्नई जारी सिजन इतिहासकै खराब प्रदर्शनबाट गुज्रिरहेको छ। अहिले सबैको एउटै प्रश्न छ के यो अवस्थाबाट पुन प्रतियोगितामा फर्किएला चेन्नई?

यसअघि चेन्नई दुई पटक ७ हार ब्यहोरेको थियो। तर फरक यो पटक केवल १० खेलमा नै ७ हार ब्यहोर्यो त्यसैले चेन्नईको अझै खराब दिन बाँकी नै छ। सोमबार जारी सिजनको सातौं खेलमा हार्यो। जुन कुल स्पर्धाको ७० प्रतिशत खेलमा हार हो। धोनीको कप्तानीमा टिमको सर्वाधिक खराब लय पहिलो पटक हो। 

रैना र ब्राभोको अभाव?

व्यवस्थापनसँगको असहमतिपछि सुरेश रैना दुबईबाट खेल सुरु हुनुअघि नै भारत फर्किए। जसले गर्दा मिडल अर्डरमा कुनै भरपर्दो खेलाडी भएन। जसको मूल्य चेन्नईले लगातार चुकाउँदै आएको छ। 

चेन्नईले अहिलेसम्म १७ खेलाडी परिवर्तन गरेको छ। तर पनि उसले सफल्ता पाउन सकेको छैन्। अघिल्ला सिजनमा चेन्नईले कमै मात्र प्लेइङ ११ मा परिवर्तन गर्ने गरेको थियो।

तर यो पटक उसले ऐतिहासिक रुपमा परिवर्तन गरे पनि जितको क्लु भेट्टाउन सकेको छैन। बिग हिटरका रुपमा परिचित ड्वेन ब्राभो चोटका कारण नियमित टिममा छैनन्। उनले सिजनमा ६ खेलमा मात्रै प्रतिष्पर्धा गरेका छन्। 

धोनीको ९ इनिङमा केबल १६४ रन

चेन्नईले २०१०, २०११  र २०१८ मा उपाधि जित्यो। जहाँ कप्तान धोनीको प्रदर्शन उच्च कोटीको थियो। तर जारी सिजनमा उनको प्रदर्शन निराशाजनक रहेको छ। ९ इनिङमा केवल १६४ रनमात्रै बनाउन सकेका छन्। यस दौरान उनको स्ट्राइक रेट १२५ को मात्रै छ। 

अर्को सिजन खेल्लान् धोनी?

धोनी लिगमा २०० खेल खेल्ने एकमात्र खेलाडी हुन्। अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ३९ वर्षीय धोनीको अहिलेको फर्मलाई आधार मान्दा आगामी सिजन उनी चेन्नईबाट खेल्नेमा संका गर्न सकिन्छ। 

किनकी उनको जारी सिजन नै अन्तिम आईपीएल हुन सक्ने धेरैले आशंका गरेका छन्। तर उनको करिअरको उतरार्द्ध खस्किएको फर्मले अब चेन्नईको उतराधिकारीको प्रश्न भने पेचिलो बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.