|

इलाम  : १३ औ  दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता नेपाली पुरुष फुटबल टिमका डिफेन्डर विकास खवास नगद १ लाख ५१ हजार सहित सम्मानित भएका छन्। सुन्दर हरैंचा नगरपालिकामा एक समारोहबीच नगर प्रमुख शिवप्रसाद ढकालले चेक हस्तान्तरण गरे। 

कोरोनाको जोखिमका कारण नगरपालिकाको कार्यालयमा कर्मचारी, जनप्रतिनिधि एवम मोरङ जिल्ला फुटबल संघका महासचिव प्रकाश मास्के लगायतको उपस्थिति थियो। ‘ढिलै भएपनि नगरपालिकाले योगदानको कदर गर्‍यो।’ सम्मानपछि विकासले भने ‘वर्षौंदेखि फुटबलमा गरेको लगानीलाई स्थानीय सरकारले पनि भुलेको रहनेछ एकदम खुशी लागेको छ।’ 

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी समेत रहेका विकासले गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली यु–२३ टोलीलाई स्वर्ण पदक दिलाउन योगदान दिएका थिए।

सुन्दर हरैंचा नगरपालिका–१ हरैचा बजारका बासिन्दा विकास २०७५ सालको शहिद स्मारक लिगको उदीयमान खेलाडीसमेत घोषित भइसकेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.