|

काठमाडौं :  युइएफए च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएको छ।  गएराति सम्पन्न खेलमा रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित भएको हो।​

शख्तरको जितमा टेटे र मानोर सोलोमोनले एक एक गोल गरे भने एक गोल रोयल म्याड्रिडका राफेल भारनले आत्मघाती गोल गरेका थिए। रियल म्याड्रिडले योसँगै च्याम्पियन्स लिगमा सन १९८६ पछि पहिलो पटक लगातार तेस्रो खेलमा हार बेहोरेको छ। त्यस्तै शख्तर रियल म्याड्रिडलाई सन १९९९ देखि पराजित गर्ने पहिलो युक्रेनी क्लब बनेको छ।

जितपछि शख्तरको समुह बि मा ३ अंक भएको छ। यसै समूहमा गएराति भएको खेलमा इन्टर मिलान र बोरुसिया एम ग्लाडवाच बराबरीमा रोकिएपछि १-१ अंक बाडेका छन्। यस्तै म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई ३-१ गोलले हराएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.