|

काठमाडौं : पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालका बुवा स्वर्गीय कुलचन्द्रठाकुर नेपालको नाममा ‘कुलचन्द्र स्मृति अक्षयकोष’ नेपाल प्रहरी, राष्ट्रिय प्रहरी प्रतिष्ठान खडा गरिएको छ।

पूर्व गभर्नर नेपालले आफ्नो बुवाको नाममा खडा गरीएको यो कोषबाट कुलचन्द्र स्मृति पुरस्कार दिइने जानकारी गराएका छन्। कुलचन्द्र नेपालको पहिलो प्रहरी निरीक्षक २०१५ को खुला प्रतियोगितामा लिखित र प्रशिक्षण प्रतिष्ठानमा प्रथम भएकोले उक्त अक्षय कोष निर्माण गरिएको जनाइएको छ।

अबका दिनमा प्रहरी निरीक्षकको खुला प्रतियोगितामा जुन उम्मेदवार सर्वप्रथम हुन्छ उसलाई यो पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।

यो पुरस्कारबाट नगद र कदर पत्र प्रदान गरिने जनाइएको पनि पुरस्कार र अक्षय कोषको राशी भने खुलाइएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.