|

काठमाडौं : बालगायक प्रिन्स सिलवालको स्वरमा रहेको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ सार्वजनिक भएको छ। मुख्य अभिनय प्रिन्स सिलवालकै रहेको सन्देशमूलक गीत तथा भिडियो प्रिन्स सिलवालकै युट्युव च्यानलमा सार्वजनिक भएको हो।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत तथा भिडियो विमोचन गरे। जनमानसमा ट्राफिक सन्देश दिन गीतले महत्वपूर्ण भूमिका खेल्ने महाशाखाका प्रमुख ढकालले कार्यक्रममा बताए।  

भिडियो :

प्रिन्सको पाँचौँ प्रस्तुति रहेको ट्राफिक सचेतनाको विषयमा केन्द्रित गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ। 

रमेश पाठकले निर्देशन गरेको सार्वजनिक गीतमा जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न अनुरोध गरिएको छ। नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा गीतमा जोड दिइएको छ।

डा. हरिप्रसाद सिलवाल, प्रमिला सुवेदिको शब्द रहेको गीतमा प्रेम घिमिरेको सङ्गीत रहको छ। नवीनबाबु गुरुङको छायाङ्कन रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ। अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.