|

काठमाडौं : काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ मा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ मा कोरोना पुष्टि भएको हो।

२४ घण्टामा देशभर  थप ३६ सय ३७  जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३२ सय १५ सय संक्रमित कोरोनामुक्त भएका छन्।  

त्यस्तै, आज देशभरमा गरी २१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाकै कारण हालसम्म मृत्यु हुनेहरूको संख्या ८१२ पुगेको छ।

नेपालमा हाल ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.