|

काठमाडाैं : सरकारले विदेशी च्यानलहरुको प्रसारणमा विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भएको छ।

नेपाल सरकरको नीतिअनुसार विदेशी सशुल्क च्यानलले विज्ञापनरहति विषयवस्तु प्रसारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन्।

बिहीबार सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापन रहित प्रसारण हुन थालेपछि ग्राहकले कम्तीमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताए। 

साथै च्यानलहरुलाई व्यवस्थित रुपमा हेर्न अझै तीन/चार महिना कुर्नुपर्ने पनि उनले बताए। 

सरकारले ल्याएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले क्लिन फिड सेवा दिनुपर्ने उल्लेख छ।

‘क्लिन फिड’ लागू गर्ने सरकारी निर्णयको विरोधमा केही व्यवसायीहरुले आन्दोलनको घोषणासमेत गरेका थिए। 

विधेयकको विरोधमा इन्टरनेट तथा डिजिटल टेलिभिजन समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले विदेशी च्यानलहरु बन्द गर्ने चेतावनीसमेत दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.